Brief Introduction

परिचय


मध्यमाञ्चल विकास क्षेत्र कार्य क्षेत्र रहेको यस निर्देशनालय अर्न्तर्गत जनकपुर, नारायणी तथा वागमती अञ्चलका १९ वटा जिल्लाहरु रहेका छन् । यस विकास क्षेत्रको कूल क्षेत्रफल २७४१० वर्ग कि.मि. रहेको छ, जसमध्ये १३०८२६४ हेक्टर वन क्षेत्र अर्थात ४७.७३ प्रतिशत रहेको छ । नेपालको २०५८ सालको जनगणना अनुसार नेपालको कूल जनसंख्याको ३४.५० प्रतिशत अर्थात ७९८८६१२ जनसंख्या यसै क्षेत्र भित्र रहेका छन् ।
यस क्षेत्र भित्र नेपालको चारकोसे झाडी भनेर चिनिने तर्राई तथा भावर क्षेत्रको अति नै बहुमूल्य उत्पादनशील वन क्षेत्र देखि लिएर महाभारत पर्वत श्रृखला हुँदै उच्च हिमाली क्षेत्र समेत रहेको छ । जैविक विविधताको दृष्टिकोणले अति धनी यस क्षेत्रमा विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज देखि लिएर लोपोन्मुख हाब्रेको बासस्थान रहेको लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्ज समेत भित्र पर्दछ । साथै प्रसिद्ध गौरीशंकर हिमश्रृखला, लोपोन्मुख वन्यजन्तु जङ्गली हात्ती, गौरी गाई समेत यस क्षेत्रमा पाइन्छ । यी र यी लगायत अन्य वन्यजन्तु, पक्षी, धार्मिक स्थलहरु, लोपोन्मुख जनजाति एवं आदिबासीहरुको समाज र संस्कृतिहरुले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराएको छ ।
यस क्षेत्रले यस क्षेत्र लगायत देशका जनताका लागि आवश्यक पर्ने वन पैदावार -काठ, दाउरा, जडिबुटी, ढुङ्गा, गिट्टी, बालुवा आदि) आपर्ूर्ति गरि रहेको छ । आ.व. २०६7/०६8 मा जिल्ला वन कार्यालय अर्न्तर्गतको क्षेत्रबाट मात्र वन पैदावार -काठ, दाउरा, जडिबुटी, ढुङ्गा, गिट्टी, बालुवा एवं अन्य गैहृकाष्ठ वन पैदावारहरु) को बिक्रिबाट करीब 4५ करोड आम्दानी गरेको देखिन्छ । साथै पर्यटन क्षेत्रबाट पनि उल्लेख्य रुपमा राष्ट्रिय कूल ग्राहर्स्थ उत्पादनमा टेवा पुर्‍याएको छ । अप्रत्यक्ष रुपमा समूह परिचालन मार्फ गरिएको वन क्षेत्रको व्यवस्थापनबाट समूह मार्फ राष्ट्रिय कूल ग्राहर्स्थ उत्पादनमा पुर्‍याएको योगदान अझ ठूलो हिस्साको रुपमा रहेको र यसको लेखाजोखा गर्न अत्यावश्यक भैसकेको छ ।
यति हुँदा हुँदै पनि बढ्दो जनसंख्या एवं विकास सँगै वन क्षेत्रको विनाश दर बढ्दो छ । भित्री मधेशबाट औलो उन्मूलन पश्चात शुरु भएको वन माथिको अतिक्रमण तथा विनाशको चाप अझ योजनाबद्ध रुपमा सरकारी तबरबाट बस्ती विकास तथा पर्ुनबासको नामबाट संस्थागत भएको देखिन्छ । तत् पश्चात विकास क्रमसँगै यस क्षेत्र भित्र देशका ठुला-ठुला शहरहरु जस्तैः राजधानी काठमाण्डौं, बनेपा, नारायणगढ, हेटौंडा, विरगञ्ज, जनकपुर जस्ता औद्योगिक तथा व्यापारिक केन्द्रहरु स्थापित भैसकेको छन् । साथै यस क्षेत्र भएर त्रिभुवन राजपथ, पर्ूव पश्चिम राजमार्ग, पृथ्वीराजमार्ग, वि.पी राजमार्ग अरनिको राजमार्ग, पासाङ्ग ल्हामु मार्ग लगायत अन्य जिल्ला सडकहरुको सञ्जालहरु बिस्तार भएको छ । देशका महत्वपर्ूण्ा जल विद्युत आयोजनाहरु -कुलेखानी, त्रिशुली, फपिङ्ग, खिम्ती, तामाकोशी आदि) समेत यसै क्षेत्रमा रहेका छन् । यर्सथ यस क्षेत्रका अधिकांश वन क्षेत्रहरु शहर, व्यापारिक केन्द्र, औद्योगिक क्षेत्रको बिस्तार लगायत अन्य विकास निर्माणका कार्यहरु समेत बाट अत्याधिक चाप बढिरहेको स्पष्ट हुन्छ । राजमार्ग आसपासका क्षेत्रहरु स-साना तिना व्यापार व्यवसाय गर्नेका लागि र भविष्यमा समेत उक्त क्षेत्रको जग्गा बहुमूल्य हुने सम्भावना रहेकोले पनि यो क्षेत्र माथि मानवीय चाप बढि रहेको छ । साथै यो क्षेत्रका तर्राईका जिल्लाहरु भारतसँग खुल्ला सिमाना रहेको कारण भारतीयहरु समेतबाट वन क्षेत्र माथिको चाप बढ्दो क्रममा छ । देशको पछिल्लो समयमा नेपाल सरकार र माओवादी बिच भएको बिस्तृत शान्ति सम्झौंता पश्चात माओवादी सेनाहरुका लागि चितवन, सिन्धुली, महोत्तरी जिल्लामा शिविर सञ्चालन गर्नका लागि समेत वन क्षेत्रको जग्गा नै प्रयोग भएको छ ।